+
+

गोकर्णेश्वर नगरपालिकाले चैत १६ देखि कक्षा ८ को परीक्षा लिने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते ११:३०

५ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले कक्षा ८ को परीक्षा चैत १६ गतेदेखि गराउने भएको छ । नगरपालिकाले बुधबार चैत १६ गतेदेखि हुने परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

कोरोना संक्रमण जोखिमको कारण विद्यालय बन्द हुँदा पनि नगरपालिकाले वैकल्पिक सिकाइबाट पठनपाठनलाई निरन्तरता दिएको र पाठ्यक्रम सकिने भएकोले चैतमा नै परीक्षा लिने तयारी गरेको नगर प्रमुख सन्तोष चालिसेले बताए ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैतभर पढाउने, वैशाखमा परीक्षा लिने, नतिजा प्रकाशन गर्ने र भर्ना लिने र जेठ १ बाट पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैतभर पढाउन र वैशाखमा परीक्षा लिन, नतिजा प्रकाशन गर्न र भर्ना लिन सबै विद्यालय तथा स्थानीयलाई निर्देशन गरेको छ । तर गाकर्णेश्वरले भने पाठ्यक्रम सकिने र बालबालिका परीक्षा दिन तयार हुने भएकोले चैतमा नै परीक्षा लिने निर्णय गरेको जनाएको छ ।

नगर प्रमुख चालिसे भन्छन्, ‘हामीले विद्यालय बन्द भएको समयमा पनि अनलाइन, आलोपालोलगायतका विधि अपनाएर पढाइलाई निरन्तरता दियौं । त्यसैले पाठ्यक्रम पनि सकिन्छ र विद्यार्थी पनि तयार हुने भएकोले चैतमा नै परीक्षा गर्ने निर्णय गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?