+
+

मुस्ताङमा चौथो स्की च्याम्पियनसीप, नेपालमा स्की खेलको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १६:३७

५ फागुन, काठमाडौं । हिउँ नै हिउँमा खेलिने स्की प्रतियोगिता नेपालमा पनि हुन्छ भन्दा हामीलाई नौलो हुन सक्छ । किनभने स्कीका लागि आवश्यक पर्ने स्थल सहजै भेटाउन नेपालको भूगोलमा कठिन छ ।

मुस्ताङमा सम्पन्न स्कीको चौथो संस्करणको राष्ट्रिय स्की च्याम्पियनसीप सम्पन्न हुँदा नेपालमा नि स्की सम्भावन छ भन्ने सिद्ध भएको छ । सामान्य वातावरणभन्दा अलि फरक वातावरणमा सम्हाहित हुँदै खेल्नु पर्ने स्की खेल नेपालमा पनि अन्तर्राष्ट्रिय स्थलमाजस्तै आयोजना हुन्छ भन्ने उदाहरण बनेको छ ।

स्की खेल विशेष गरी युरोपमा निकै लोक प्रिय छ । सहासिक खेलको रुपमा हेरिने यो खेल नेपालमा पनि सम्भव छ भन्ने उदाहरण मुस्ताङमा सम्पन्न चौथो स्की च्याम्पियनसीपले प्रस्ट पारेको छ ।

हिमालै हिमालको देशको रुपले परिचित नेपालका डाडाँ काँडामा पर्ने हिँउले स्की खेललाई सम्भावना प्रस्टाउँछ पनि । नेपालमा भएका धेरै स्थान मध्येको मुस्ताङ स्की खेलको सम्भावन भनि रहँदा वारागुङ मुक्तिक्षेत्रको रानीपौवाको सेताम्मे हिउँमा चौथो संस्करणको स्की प्रतियोगिता नै सम्पन्न भयो ।

स्थल मार्गको पहुँच र बसोबासका लागि उपयुक्त मुस्ताङमा हिउको अवस्था राम्रो भएका कारण च्याम्पियनसीप आयोजना गर्न सफल भएको नेपाल स्की संघका महासचिव विजयी श्रेष्ठले बताए ।

च्याम्पियनसीपमा विभिन्न विधामा सिनियर र जुनियर गरी ३१ जनाले सहभागिता जनाए । जसमा अल्पाईन स्की पुरुषतर्फ काठमान्डौंका साहसराम श्रेष्ठ च्याम्पियन बने । धनगढीका दिनेश कुमार बोहरा दोश्रो र सोलुखम्बुका छिरिङ तेन्जिन गुरुङ तेश्रो भए ।

यस्तै अल्पाईन स्की महिलातर्फ नुवाकोटकी संगिता लामा पहिलो बन्दा ललितपुरकी देबोटा तिमाल्सिना र धनकुटाकी लक्ष्मी राई क्रमश दोस्रो र तेश्रो भए । अघिल्लो वर्ष कोरोनाका कारण स्की च्याम्पियनसीप आयोजना गर्न कठिनाई भएको थियो ।

प्रतियोगितामा सहभागि भएका खेलाडी मध्येका सदा श्रेष्ठले हिउ पर्ने स्थान मध्येको मुस्ताङ क्षेत्रमा स्लोप बनाउनका लागि सजिलो हुने भएकाले उचित प्रशिक्षण हुँदा स्की खेलले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने बताए ।

विदेश रसियामा अभ्यास गरेर आएका सुजता तामाङले स्वदेशमा नै स्की खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

हिउँको पाखामा खेलिने स्की खेलको सम्भावन नेपालमा भएपनि अन्य अरु खेल भन्दा उति चलायमान छैन् । दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा खेलको विकास गर्दै पर्यटनसँग जोड्न सके स्कीले फड्को मार्न सक्छ सँगै स्कीमा पनि आकर्षण बढ्न सक्छ ।

यस्तै हिउँ खेल्न रुचाउने पर्यटकको पहिलो गन्तव्य हुने मुस्ताङमा स्की खेलको प्रर्वद्धन र विकास गर्न सके विकट मुस्ताङले खेलकुदबाट पनि परिचय कमाउने थियो ।

हेर्नुस् मुस्ताङमा सम्पन्‍न स्की खेलको प्रदर्शन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?