+
+

अक्षय र कृतिको ‘बच्चन पाण्डे’को ट्रेलर : एक्सन र कमेडीको मिश्रण

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते ११:३७

६ फागुन, काठमाडौं । अभिनेता अक्षय कुमार र अभिनेत्री कृति सेननको मुख्य भूमिका रहेको चलचित्र ‘बच्चन पाण्डे’को ट्रेलर रिलिज भएको छ । यो चलचित्र १८ मेबाट विश्व बजारमा प्रदर्शन हुनेछ ।

चलचित्रमा अक्षय ‘बच्चन पाण्डे’को भूमिकामा देखिएका छन् । कृति उनको जीवनीमा आधारित चलचित्र बनाउन चाहन्छिन् । चलचित्रमा अर्शद वारसी र ज्याकलिन फर्नान्डेजको पनि मुख्य भूमिका छ । फरहाद साम्जीको निर्देशनमा बनेको यो चलचित्रलाई नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्ट प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

चलचित्रमा अक्षयलाई एक्सन र कमेडी अवतारमा देखाइएको छ । एउटा आँखा पत्थरको भएको बच्चन पाण्डेको भूमिकामा अक्षयलाई धमकेदार रुपमा निर्देशकले देखाएका छन् । चलचित्रले बक्स अफिसमा बम्पर कमाइ गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?