 
																			६ फागुन, काठमाडौं । बिहीबार बेलुका ६ बजेतिर काठमाडौंको बाँसबारीमा पैदलयात्रीलाई ठक्कर दिएर भागेको आरोपमा एक बस चालकलाई शुक्रबार धादिङबाट प्रहरीले पक्राउ गरेको छ ।
दुई जनालाई ठक्कर दिएर भागेको आरोपमा बा.प्र०१-१००५ ख ९३१४ नम्बरको बससहित चालक २९ वर्षीय प्रदीप थपलियालाई प्रहरीले शुक्रबार बिहान धादिङबेँसीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१६ स्थित गंगाहल नजिक कालिका गाउँपालिका- ५ का विकास तामाङ र काठमाडौं महानगरपालिका-१६ की दुर्गामाया थापाई ठक्कर दिएको थियो ।
उनलाई बससहित नियन्त्रणमा लिएर महानगरीय प्रहरी बृत बालाजुमा बुझाइएको र त्यहाँबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4