+
+

थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १६:२०

९ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ । जसमध्ये १० हजार ८१९ जना होम आइसोलेसनमा रहेका छन् भने ४६३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १३९ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार ५४४ पुगेको छ ।

योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९२५ पुगेको छ भने ९ लाख ५२ हजार ५९९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्‍ये काठमाडौंमा ७७, ललितपुरमा ११ र भक्तपुरमा ८ जना कोरोना संक्रमित छन् ।

यस्तै कास्कीमा १५, झापा र मोरङमा १२/१२ जना, सुनसरी र चितवनमा १०/१० जना,   तनहुँमा ७, नुवाकोटमा ६  तथा पाँचथर र बाँकेमा ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलये जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?