+
+

प्रचण्ड–माधवप्रति ओलीको टिप्पणी : आफू मूर्तिझैं बस्ने कार्यकर्तालाई सडकमा पठाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते २०:३१

९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसीमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

एमसीसी संसदमा पेश गर्न सहमति दिएर कार्यकर्तालाई सडकमा उतारेको भन्दै आलोचना गरेका हुन् ।

सोमबार दहचोहस्थित कालु पाँडे समाधिस्थलमा आयोजित कार्यक्रममा ओलीले भने, ‘एमसीसी पास गर्ने षड्यन्त्र गर्ने, टेबल गर्ने षड्यन्त्र गर्ने, आफू मूर्तिझैं बस्ने अर्को पाट्टिकालाई नारा लगाउ भन्ने, यताकालाई उठ उठ भन्ने उताकालाई बस बस भन्ने, एकथरीलाई सडकमा जाउ भन्ने एकथरीलाई सदनमा आऊ भन्ने ।’

आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल हुँदा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताले संसद भवन बाहिर प्रदर्शन गरेका थिए । संसदभित्र पनि यी दुई दलका कतिपय सांसदले विरोध प्रदर्शन गरेका थिए ।

अध्यक्ष ओलीले आफैं सदनमा र आफैं सडकमा आएको भन्दै सत्तारुढ दलकै कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेको आरोप लगाए ।

‘सरकारमा हुने क्रान्तिकारीहरुले बाटो भत्काएका छन् । ढुंगा हानेका छन्, इँट्टा हानेका छन् प्रहरी छ, कुटाइ खाएर भागेको छ २५ जना मान्छेले ढुंगा हानेको छ, डेढ सय पुलिस भागेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?