+
+

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १४:३९

१० फागुन, हेटौंडा । मकवानपुरमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

बस्तिपुरबाट नेवारपानी तर्फजाँदै बागमती प्रदेश ०३-००५ प-१५०३ नम्बरको  मोटरसाइकल ना५त७३३८ नम्बरको ट्रयाक्टरसँग ठोक्किंदा चालक स्थानीय १७ वर्षीय सुदिप तितुङको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गको हेटौंडा-मनहरी सडकखण्डको हेटौंडा उपमहानगरपालिका-१९ दारिमटारमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका तितुङको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, हेटौंडा-फाखेल-काठमाडौं सडकखण्डको इन्द्रसरोवर गाउँपालिका-२ मा पनि मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट आउँदै गरेको बा५७प ८५७० नम्बरको मोटरसाइकल इन्द्रसरोवर-२ मा दुर्घटना हुँदा चालक ३३ वर्षीय दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल सडकबाट ४०० मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?