
१० फागुन, काठमाडौं । शिक्षकहरूले नपढाएको भन्दै विद्यार्थी र अभिभावकले मकवानपुरको नवलपुरमा गरेको सडक अवरुद्ध प्रहरीले खुलाएको छ । हेटौंडा उपमहानगरपालिका–११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूले पठनपाठन नभएको भन्दै राजमार्ग अवरुद्ध गरेका थिए ।
उनीहरूले विगत १० दिनदेखि पठनपाठन नगराएको भन्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेर आन्दोलन गरेका थिए । ती विद्यालयका शिक्षकले तलब नपाएको भन्दै पठन पाठन गराएका छैनन् ।
विद्यार्थी र अभिभावले गरेको राजमार्ग बन्द प्रहरीले खुलाएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी जयश्वर रिमालका अनुसार राजमार्ग खुलेपछि रोकिएका गाडीहरू गन्तव्यतर्फ अघि बढेका छन् । करिब आधा घण्टा रामजमार्ग अवरुद्ध हुँदा नवलपुरमा करिब २०० गाडी रोकिएका थिए ।
‘हामीले प्रहरी परिचालन गरेर राजमार्ग खुलाएका छौं, अभिभावक र विद्यार्थीसहित शिक्षक र उपमहानगरका प्रतिनिधिबीच वार्ता भइरहेको छ । राजमार्गमा अहिले कुनै डिस्टर्ब छैन’ रिमालले भने ।
प्रतिक्रिया 4