+
+

जापानमा कोभिडबाट ज्यान गुमाउनेको दैनिक संख्या हालसम्मकै धेरै

जापानमा कोरोना भाइरसबाट एकैदिन हालसम्मकै धेरै कोभिड संक्रमितको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १७:५५

१० फागुन, काठमाडौं । जापानमा कोरोना भाइरसबाट एकैदिन हालसम्मकै धेरै कोभिड संक्रमितको मृत्यु भएको छ ।

मंगलबार जापानमा कोभिड संक्रमणबाट ३१९ जनाको मृत्यु भएको छ । जुन संख्या महामारी सुरु भएयताकै धेरै हो । नयाँ ओमिक्रोन भेरियन्ट व्यापक बन्दै गएपछि गम्भीर संक्रमित र ज्यान गुमाउने जेष्ठ नागरिकको संख्या बढ्न थालेपछि दैनिक मृत्यु दर उच्च बिन्दुमा पुगेको हो ।

आज राजधानी टोकियोमा थप ४ हजार नयाँ संक्रमित थपिएका छन् । जबकि त्यहाँ एक हप्ताअघि दैनिक संक्रमितको संख्या ११ हजार ४४३ थियो । तर संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने उच्च नै छ ।

मंगलबार टोकियोमा २५ संक्रमितको ज्यान गएको जापान टाइम्सले जनाएको छ । त्यहाँ हिजो हालसम्मकै धेरै अर्थात् ३० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका थिए ।

यता आज ओसाका प्रिफेक्चरमा हालसम्मकै धेरै अर्थात् ६३ जना संक्रमितको मृत्यु भएको छ भने १० हजार ९३९ जना नयाँ संक्रमित थपिएका छन् ।

तर जापानमा दैनिक रुपमा थपिने नयाँ संक्रमितको संख्या भने घट्न थालेको छ । सोमबार त्यहाँ ५१ हजार ९८७ जना नयाँ संक्रमित थपिएका थिए ।

हिजो त्यहाँ जनवरी २४ यता पहिलो पटक दैनिक संक्रमितको संख्या ६० हजारमुनि झरे पनि गम्भीर संक्रमितको संख्या १८ प्रतिशतले बढेर एक हजार ४९५ पुगेको छ । जापान टाइम्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?