+
+

र्‍यापर लाउरेलाई धरौटीमा छाड्न आदेश

लागूऔषध मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना मगर लाहुरेलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १६:३४
र्‍यापर आशिष राना लाहुरे । फाइल तस्वीर

१० फागुन, काठमाडौं । लागूऔषध मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना मगर ‘लाउरे’लाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश बाबुराम सुवेदीकाे इजलासले मंगलबार लाउरेलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

उनीसँगै पक्राउ परेका अरु ३ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए ।

अदालतले लागूऔषध मुद्दामा पोखरा महानगरपालिका-२१ का ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा गाउँपालिका- ७ का ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र पोखरा महानगरपालिका- ८ सभागृहकी २२ वर्षीया सुस्मिता गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

लागूऔषध प्रयोग तथा कारोबार गरेको आरोपमा गत पुस १४ गते साँझ प्रहरीले लाउरेसहित चार जनालाई पोखराको सिर्जना चोकबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?