+

पुनरागमन जितसहित आर्मी लिगको दोस्रो स्थानमा

२०७८ फागुन  १० गते १९:३५ २०७८ फागुन १० गते १९:३५
पुनरागमन जितसहित आर्मी लिगको दोस्रो स्थानमा

१० फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लब संकटा क्लबलाई हराउँदै शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै संकटालाई ३-१ ले हरायो । आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र टेकबहादुर बुढाथोकीले गोल गरे । संकटाका लागि उत्तम राईले एक गोल गरे ।

पहिलो हाफमा १-० ले पछि परेको आर्मीले सबै गोल दोस्रो हाफमा गरेको हो । आर्मीले जारी लिगमा अहिलेसम्म अपराजित यात्रा कायमै राखेको छ । लिगमा च्याम्पियन मच्छिन्द्र क्लब र आर्मी मात्र यस सिजन अपराजित छन् ।

१२ खेलबाट २२ अंक जोडेको आर्मी एनआरटी र मनाङ मर्स्याङ्दी क्लबलाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको हो । आर्मीले अब अन्तिम चरणमा मनाङ मर्स्याङ्दीविरुद्ध खेल्न बाँकी छ । आर्मीले मनाङलाई पराजित गरेमा दोस्रो स्थानमा रहेर लिगको अन्त्य गर्नेछ ।

यदि मनाङले आर्मीलाई हराए दोस्रो स्थानमा पुग्न सक्नेछ । तर, एनआरटीले र पुलिसविरुद्ध फराकिलो जित हात पारेमा एनआरटी नै दोस्रो स्थानमा पुग्न सक्नेछ ।

मंगलबार खेलको १५औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई अग्रता दिलाएको थियो । तर, दोस्रो हाफमा संकटाले अग्रता जोगाउन सकेन बरु तीन गोल बेहोर्‍यो । ६०औं मिनेटमा सन्तोष तामाङले आर्मीका लागि बराबरी गोल फर्काए ।

यस्तै ७४औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाए । टेकबहादुर बुढाथोकीले ८६औं मिनेटमा गोल गरेपछि आर्मीको जित पक्का भएको हो ।

त्रिभुवन आर्मी एफसी फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय