+
+

चैतसम्म साझाका तीन बिजुली बस काठमाडौं आइपुग्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १५:३२

११ फागुन, काठमाडौं । साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि तीन वटा बिजुली बस  काठमाडौं ल्याउने भएको छ । चीनको नयान्जिंगस्थित सीएचपीसी कम्पनीको विद्युतीय बसको कारखनामा ती बस तयार भइसकेको साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनका अनुसार आगामी चैतभित्रै ती बस काठमाडौं आइपुग्ने छन् । उपत्यकाका सडकमा प्रशिक्षण सफल भएपछि बाँकी ३७ वटा पनि आउने उनले जानकारी दिएका छन् ।

सीचएपीसीका बस नेपालमा ‘दि गो’ नामको कम्पनीले ल्याएर बिक्री गर्ने गरेको छ । सीएचपीसीसँग साझाले प्रतिबस डेढ करोड रुपैयाँ मूल्यमा किन्न लागेको हो ।

साझाले ४० वटा बसमा ६१ करोड खर्चिंदै छ । पहिलो चरणमा ९ मिटर लामो बस किन्न लागिएको छ । यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ ।

अब २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बस काठमाडौंमा आउनेछन् । यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि हुनेछन् । क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरु थप्ने जाने साझाले जनाएको छ ।

बस विक्रेता कम्पनीले चार्जसहित ५ वर्षको सबैखालको मर्मतको सुविधा पनि दिनुपर्ने गरी खरिद सम्झौता भएको छ ।

सरकारले ९ पुस ०७५ मा ३ सय वटा बिजुली बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । सरकारले साझालाई बसहरु किन्न आधारभूत मापदण्ड पनि दिएको थियो । २०७६ साउनमा यातायात मन्त्रालयले हतार-हतार साझालाई खेस्रा मापदण्ड दिएको थियो ।

स्पेसिफिकेसन बन्दै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७६ असोज १ गते ‘बस किन्ने प्रक्रिया जहाँ पुगेको त्यहीँ रोक्नू’ भन्दै पत्र काटेको थियो भने त्यसको चार महिनापछि २०७६ माघमा साझाको खातामा पुगिसकेको ३ अर्ब रकम ब्याजसहित नै फिर्ता लिने निर्णय गरेको थियो ।

तर, २०७७ माघमा सरकारले ३ अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति दिने निर्णय लिएको थियो । सरकारले रकम फिर्ता लगेपछि बाग्मती प्रदेश सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड रकम पनि फिर्ता लिएका थिए ।

सरकारले बस किन्दा चलखेल हुन लागेको आशंका गरेर करिब डेढ वर्ष खेर फालिदिएको थियो ।

‘लुम्बिनी बिकास कोषले मगाएको तीन बिजुली बस सम्झौतामा साझा यातायातले चलाउन लागेको थियो तीन वर्ष अघि उद्घाटन पनि भयो, तर बस आयात कागजातको कारण बस सडकमा ल्याउने अनुमति मिल्न गएन,’ दिक्षित भनेका छन्,’बिजुली परिवहनको शुरुवात भनेर तामझामका साथ उद्घाटन गरेका थियौं त्यतिबेला, तर अड्को आइलाग्यो, यसपाली साझाको आफ्नै बस आउँदैछन, उत्साहित छौं ।’

सरकारकै बहुमत सेयर रहेको साझा यातायात सहकारीसँग अहिले ७१ वटा ठूला बस छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?