+
+

आर्मी र टाइम्स लामा टेण्डी स्मृति बास्केटबलको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते २०:४६

११ फागुन, काठमाडौं । त्रिभुवन आर्मी र टाइम्स बास्केटबल क्लब लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले रोयल बास्केटबल एकेडेमीलाई ८२–७३ ले पराजित गर्‍यो । आर्मीका रोविन खत्रीले १७ अंक जोडे । रोयलका निकेश मगरले २५ अंक जोडे पनि टिमलाई जिताउन सकेनन् ।

सुरुका तीन क्वार्टरमा आर्मीले २१–१८,  २४–१३ र १९–१६ को अग्रता लिदै जितको आधार खडा गरेको थियो । अन्तिम तथा चौथो क्वार्टरमा भने आर्मी १८–२६ ले पछि पर्यो ।

हारसंगै रोयलको दुवै टोली फाइनल खेल्नबाट चुक्यो । महिलाको राउन्ड रोविन लिगमा भने रोयल विजेता बन्दै फाइनल पुगिसकेको छ । महिलातर्फ रोयलले नेपाल प्रहरीसंग उपाधि भिडन्त पक्का गरेको हो ।

पुरुषतर्फको अर्को सेमिफाइनलमा टाइम्स बास्केटबल क्लबले गोल्डेनगेटलाई ८४–६७ ले हरायो । टाइम्सका विजय बुर्जाले २५ अंक जोडे । चौथो क्वार्टर २०–२० को बराबरीमा टुंगियो भने बाँकीमा टाइम्सले अग्रता लियो । टाइम्सले पहिलो क्वार्टरमा २३–१४, दोस्रोमा २३–१९ र तेस्रोमा १८–१४ को अग्रता बनायो ।

महिलातर्फ राउन्ड रोविन लिगको अन्तिम खेलमा रुपन्देहीले कीर्तिपुरलाई ४५–४१ ले पन्छायो । रुपन्देहीकी दीपिका गुरुङले २२ स्कोर गरिन् । कीर्तिपुरका लागि प्रजिता कार्कीले १५ अंक जोडिन् । पाँच टिम सहभागी महिलामा रुपन्देही चौथो भयो । पराजित कीर्तिपुर पुछारमा रह्यो । ललितपुर हाइले तेस्रो स्थानमा टुंगायो ।

नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाको स्मृतिमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुने छ । महिलातर्फको फाइनल १२ बजे र पुरुषको फाइनल दिउँसो २ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?