+
+

एलपीएल : शारदा र स्टेपिङ स्टोन विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते २०:४७

११ फागुन, धनगढी । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)-६ अन्तर्गत बुधबार भएको खेलमा शारदा सरस्वती र स्टेपिङ स्टोन विजयी भएका छन् ।

जितपछि शारदाले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । सैनिक समूह चरणका सबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । स्टेपिङको पनि यो सान्त्वना जित हो भने सत्यवती सेमिफाइनल प्रवेश गरिसकेको छ ।

आज भएको पहिलो खेलमा कञ्चनपुरको शारदा सरस्वती दोधाराले सैनिक आवासीय महाविद्यालय तेघरीमाथि १ सय रनको सानदार जित दर्ता गरेको छ ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको शारदाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो । १ सय ७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको सैनिकले १५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो । शारदाका लागि खडक बोहराले २७ र प्रज्वल थापाले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान शारदाका बलर सामू टिक्न सकेनन् ।

सैनिकलाई अलआउट गर्न शारदाका लागि विकास सुनार एक्लैले ५ विकेट लिए । यस्तै अर्जुन सिंह साउदले ३, मिलन बोहराले २ विकेट लिए । यसअघि शारदाका लागि आक्रामक पारी खेलेका राजेश साउदले २२ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४५ रनको पारी खेले ।

उसका सुनिल चन्दले ४१, कप्तान गणेश बिटालुले २७, सागर चन्दले २० रन बनाएर आउट हुँदा हेमन्त धामी ११ रनमा अविजित रहे । सैनिकका खडक बोहराले ३ र आकाश चन्दले २ विकेट लिए ।

विकास सुनार खेलको प्लेयर अफ दी म्याच घोषित भए । गेम चेन्जर अवार्ड अर्जुन सिंह साउदे पाउँदा, सर्वाधिक छक्काको अवार्ड राजेश साउद र सुनिल चन्दले पाए ।

आजै भएको दोस्रो खेलमा स्टेपिङ स्टोनले सत्यवती माथि ३० रनको सान्त्वना जित निकाल्न सफल भयो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

१ सय ५८ रनको विजयी लक्ष पछ्याएको सत्यवतीले १८.४ मा १ सय २७ रन मात्रै बनाउन सक्यो । उसका लागि आदील अन्सारीले २५, सन्तोष कार्कीले २४, खगेन्द्र जोशीले २२, सुजन गौतमले १६, नीरज भट्टले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन । बलिङ तर्फ स्टेपिङका दिनेश ओडले ४, कपिल मिश्र, भुपेश जोशी, वीरेन्द्र चन्दले समान २/२ विकेट लिए ।

यस अघि स्टेपिङका लागि अभिषेक कुवरले ४१ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै ६५ रनको उत्कृष्ट पारी खेले । दिनेश ओडले २९, वीरेन्द्र चन्दले २१, आर्यान दानपालीले १९ र विशाल विष्टले ११ रन बनाए । बलिङ तर्फ सत्यवतीका नीरज भट्ट र सन्दीप खत्रीले समान २÷२ विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच अभिषेक कुँवर भए । गेम चेन्जर अवार्ड दिनेश वडले पाउँदा सर्वाधिक छक्काको अवार्ड पनि अभिषेकले नै पाए । सत्यवती यस अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने स्टेपिङ उपाधि होडबाट बाहिरी सकेको टिम हो ।

समूह चरणको अन्तिम खेलमा बिहीबार बिहान ९:३० बजे काठ्माण्डौँको हिमालयन ह्वाइट हाउस स्कुल र होलिल्याण्ड स्कुल अत्तरिया प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल जितेमा होलिल्याण्ड सेमिफाइनल प्रवेश गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?