+
+
Shares

रुसले युद्धबाट हुने मानवीय क्षति र कष्टको जिम्मा लिनुपर्छ : बाइडन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते ११:०१

१२ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा युद्धबाट हुने मानवीय क्षति र कष्टको जिम्मेवार रुस हुने बताएका छन् ।

बिहीबार बिहानै एक विज्ञप्ति जारी गर्दै बाइडनले युद्धबाट हुने भयावह मानवीय क्षति र पीडाको जिम्मा रुसले लिनु पर्ने बताएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही सुरु भएको घोषणा गरेपछि बाइडनको पछिल्लो भनाइ आएको हो ।

‘आज राति सारा विश्वका नेताहरू युक्रेनी जनताको साथमा छन् किनभने उनीहरू रुसी फौजबाट बिनाकारण तथा कुनै उक्साहटबिनै भएको हमलाको सामना गर्न पुगेका छन्’, बाइडनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति पुटिनले डरलाग्दो मानवीय क्षति एवं कष्ट निम्त्याउने गरी सुनियोजति युद्ध रोजेका छन् । आक्रमणबाट हुने मृत्यु र विनाशको जिम्मेवार रुस मात्रै हुनेछ ।’

‘अमेरिका र उसका साझेदार एवं सहयोगीहरूले एक भएर दृढतापूर्वक जवाफ दिने छन्’, विज्ञप्तिमा उल्लेख छ, ‘विश्वले रुसलाई जवाफदेही बनाउने छ ।’

तर पूर्वी युक्रेनमा पुटिनले चालेको पछिल्लो कदमले अमेरिकी समाज भने विभाजित देखिन्छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनको कदमलाई प्रशंसा गरेबाट पनि अमेरिकी समाज कति विभाजित छ भन्ने प्रस्ट हुन्छ ।

ट्रम्पले मंगलबार एक रेडियो कार्यक्रममा बोल्दै पूर्वी युक्रेनका २ स्थानलाई स्वतन्त्र राज्यको मान्यता दिने पुटिनको कदमलाई ‘प्रतिभाशाली’ र ‘व्यावहारिक’ भन्दै प्रशंसा गरेका थिए । ‘तपाईले यसलाई निकै व्यावहारिक भन्न सक्नुहुन्छ’, ट्रम्पले भनेका थिए, ‘बाइडनले के दिए त? कुनै जवाफ आएन । उनीहरूले एउटा जवाफ दिएनन् जुन निकै दु:खद हो ।’

‘यो निकै प्रतिभाशाली कुरा हो’, ट्रम्पले थपे, ‘पुटिनले युक्रेनको ठूलो हिस्सालाई स्वतन्त्र घोषणा गरेका छन् । यो कुरा निकै राम्रो हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?