+
+

रुसी रक्षामन्त्री र सेनापतिमाथि युरोपेली युनियनको प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १२:२१

१२ फागुन, काठमाडौं । युरोपेली युनियन (ईयू)ले रुसी रक्षामन्त्री र सेनापतिमाथि प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमा हमला गरेपछि रक्षामन्त्री र सेनापतिसहितका अधिकारीमाथि प्रतिबन्ध लगाएको हो ।

युरोपेली युनियन (ईयू)ले रुसी रक्षामन्त्री सर्गेई शोइगुमाथि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । ईयूले रक्षामन्त्रीसहित रुसको जल, स्थल र वायु सेनाका प्रमुखको सम्पत्ति रोक्का गरेको छ भने भिसामाथि प्रतिबन्ध लगाएको छ ।

त्यस्तै, ईयूले रुसको सरकारी टेलिभिजन आरटीका प्रधान-सम्पादकको सम्पत्ति रोक्का गर्दै भिसामाथि प्रतिबन्ध लगाएको छ ।

पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि पश्चिमी मुलुकले रुसमाथि प्रतिबन्ध थप कडाइ गरेका छन् । ईयूसहित पश्चिमी मुलुकको क्रेमलिनको प्रोपागाण्डामा संलग्न भएको भन्दै आरटीकी मार्गारिटा सिमोन्यान, रुसी विदेशमन्त्रीकी प्रवक्ता मारिया जाखारोभा र क्रेमलिनको पक्षमा लेख्दै आएका भ्लादिमिर सोलोभ्यभ र पिटर टोल्सटोयमाथि पनि प्रतिबन्ध लगाएका छन् ।

यसबाहेक, रुसका प्रमुख बैंक भीईबी, रोसिया र प्रोम्सभ्याजमाथि समेत प्रतिबन्ध लगाइएको छ । ईयूले युरोपेली वित्त बजारमा मस्कोको ‘सोभरेन डेट’ को पहुँच सीमित पारेको छ । साथै, डोनेट्स्क र लुहान्सक क्षेत्रबाट हुने आयातमाथि समेत प्रतिबन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?