+
+

एमसीसी खारेजीको माग गर्दै भैरहवामा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १७:३५

१२ फागुन, बुटवल। अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले बिहीबार भैरहवामा प्रदर्शन र खबरदारी सभा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेट अगाडि प्रदर्शनसहित खबरदारीसभा गरिएको हो । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘एमसीसी चाहिंदैन देश बेच्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै पार्टीका संघीय परिषद सचिव मोजीब अलीले एमसीसी आर्थिक सहयोग मात्र नभई सैन्य रणनीतिअन्तर्गत चीनलाई घेर्ने योजना भएकाले खारेज गर्नुपर्ने बताए ।

सभामा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ, जनमुक्ति युवा संघका केन्द्रीय सचिव डी.बी. थापा, लुम्बिनी प्रदेश सञ्चार विभाग प्रमुख रोशन अस्लामी, सिद्धार्थनगर उपाध्यक्ष रेखा प्रसाद चौधरीलगायतले बोल्दै एमसीसी सम्झौता पारित भएपछि नेपाली जनता र दलहरु विभाजित भई फेरि अस्थिरता सुरु हुने भन्दै पारित गर्न नहुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?