
१३ फागुन, जनकपुरधाम । सर्लाहीमा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।
लालबन्दी नगरपालिका वडा नम्बर १४ योन्जन टोल निवासी शम्शेर तामांगकी ५५ बर्षीया श्रीमती मुसंगमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार घर नजिकैको भीरबाट खसेर उनी घाइते भएकी थिइन् । उपचारका लागि लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको गिरीले बताए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङवामा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4