+
+

निराजन र निशाको ‘म’ जेठ २० मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते ११:४२
फाइल तस्वीर

१५ फागुन, काठमाडौं । चलचित्र ‘म’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आगामी जेठ २० गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ । निर्माण कम्पनी कान्तिपुर फिल्म एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डीसीएन र एफडीसँग रिलिजका लागि सम्झौता  गरेको बताए । डीसीएनले काठमाडौंमा र एफडीले मोफसलमा यो चलचित्रको वितरण गर्नेछ ।

चलचित्र ‘म’लाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । चलचित्रको कथा प्रकाश पुरीले लेखेका हुन् । यो चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन्द्र खड्का, सञ्जोग रसाइली, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चलचित्रमा विमला हुमागाईं र पदम पुरीको लगानी छ ।

तेञ्जिङ पाल्देनको छायांकन रहेको चलचित्रमा बनिष शाहको सम्पादन छ । तेस्रो चरणको कोरोना संक्रमण कम भएसँगै नेपाली निर्माताहरुले धमाधम चलचित्रको प्रदर्शन मिति तय गर्न थालेका हुन् । आगामी वर्षका लागि पनि निर्माताहरुले धमाधम प्रदर्शन मिति तय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?