+
+

एमसीसी परियोजना नेपालको हितमा छ : महन्थ ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १६:०५

१५ फागुन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि छलफलमा भाग लिँदै उनले नेपालको गरिबी निवारण र सर्वसाधारणको जीवनस्तरमा सुधार गर्ने उद्देश्यले एमसीसी आएको बताए ।

उनले एमसीसीमार्फत अमेरिकाले केही पनि नलादेको बताए । ‘यसले नेपालको स्वतन्त्रतामा कुनै आघात पार्दैन, अमेरिकाको जुन उद्देश्य छ त्यो सकारात्मक छ ।’

अध्यक्ष ठाकुरले आफ्नो दल एमसीसीको पक्षमा रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?