+
+

पुटिनले युद्ध रोजे, उनीसँग लड्न हतियारबाहेक अर्को विकल्प छैन : जर्मन चान्सलर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १७:२१

१५ फागुन, काठमाडौं । जर्मन चान्सलर ओलास सोल्सले युक्रेनमा सीधै हतियार पठाउने सरकारी निर्णयबारे संसद‍्मा सम्बोधन गरेका छन् ।

आइतबार जर्मन संसद बुन्डेसट्याङलाई सम्बोधन गरेका सोल्सले पुटिनको आक्रमणविरुद्ध हतियार पठाउने बाहेक अन्य विकल्प सम्भव नभएको बताएका छन् । ‘पुटिनको आक्रमणविरुद्ध हतियार पठाउने बाहेक अन्य विकल्प थिएन’, संसद‍्लाई सम्बोधन गर्ने क्रममा उनले भने ।

‘युद्ध रुसी जनताले होइन, पुटिनले रोजेका हुन्’, सोल्सले थपे, ‘यही भएर यो युद्ध पुटिनको भन्ने कुरालाई प्रस्टसँग बुझ्नुपर्छ ।’ सोल्सले युक्रेनका साझेदारको संकल्पलाई कम नआँक्न भन्दै पुटिनलाई चेतावनीसमेत दिएका छन् । पुटिनले युक्रेनमा हमला गरेर विश्व नक्साबाट उसको नक्सा नामेट गर्न खोजेको भन्दै युरोपको सुरक्षा संचरना ध्वस्त पारिरहेको पनि सोल्सको भनाइ थियो ।

सोल्सले शनिबार नीति परिवर्तन गर्दै युक्रेनको पक्षमा उभिने बताएका थिए । ‘जर्मनी युक्रेनको पक्षमा उभिन्छ’, सोल्सलाई उध्दृत गर्दै डीडब्ल्यू समाचारले लेखेको छ, ‘युक्रेनमाथि भएको रुसी आक्रमणपछि नयाँ मोड आएको छ । यसले दोस्रो विश्वयुद्धपछिको हाम्रो समग्र व्यवस्थालाई जोखिममा पारेको छ । यस्तो अवस्थामा आक्रमण गर्न आएको भ्लादिमिर पुटिनको फौजविरुद्ध लड्ने क्रममा युक्रेनलाई सके जति सहयोग गर्नु हाम्रो कर्तव्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?