काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको कार्यान्वयन सुरु भएको छ ।
एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीबीच औपचारिक रुपमा सम्झौता भएसँगै यसको थालनी भएको हो । सम्झौता पत्रमा एनडीपीसीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार एनडीपीसीद्वारा सञ्चालनमा रहेको वालेट ‘नमस्ते पे’लाई एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा जोडी पहिलो चरणमा उपलब्ध रहेका रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड बमोजिम नेपाल पे क्यूआर तथा इन्टरनेट वर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु आफ्ना ग्राहकहरुलाई प्रदान गर्नेछ ।
विभिन्न भुक्तानीका लागि बिलर गेट वे मार्फत् अन्तरआबद्धता तथा ‘पिएसओ सेटलमेन्ट’ लगायतका भुक्तानी उपकरणहरु पनि उपलब्ध भए सँगै कार्यान्वयन गर्नेछ । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआईका मार्फत बैंक वित्तीय संस्था तथा गैर बैंकिङ संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् । त्यसै गरी दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीका लागि नेसनल कार्ड स्वीच र नेपालपेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको छ ।
प्रतिक्रिया 4