
१५ फागुन, काठमाडौं । कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले निष्पक्ष र विश्वासनीय न्यायसम्पादन अहिलेको चुनौती भएको बताएका छन् ।
आईतबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको कानून व्यवसायीहरूको राष्ट्रिय सम्मेलनमा उनले न्यायपालिकाको सुशासन बढाउन आफू प्रतिवद्ध रहेको बताए । कामू प्रधानन्यायाधीश भएपछि उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा पुगेका हुन् ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानून व्यवसायीहरूको व्यावसायिक मर्यादा अहिलेको चुनौती भएको बताए ।
उनले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बनाएको प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा जोड दिए । सम्मेलन मंगलबारसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4