+
+

सूर्या लाइफ इन्स्योरेन्सले ल्यायो ‘सूर्या सुरक्षा कवज’ बीमा योजना

१ करोडको बीमा प्रति महिना रु. १२०० मा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १९:४९

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सञ्चालनमा ल्याएको छ ।

सम्पूर्ण वर्गमा सरल र सुलभ रुपमा बीमाको पहुँच पुगोस् भन्ने उद्देश्यका साथ सोमबार (१६ फागुन)देखि लागु हुने गरी कम्पनीले नौलो सोचसहित नयाँ बीमा योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हालको विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दी तथा कोराेना भाइरसले जनजीवनमा देखिएको त्रासका कारण समेत जीवनको रक्षा गर्न सूर्या सूरक्षा कवज बीमा लोकप्रिय हुने विश्वास कम्पनीले गरेको छ ।

बीमा गर्दा ठूलो धनराशिको आवश्यकता पर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवन बीमा योजनाले बीमालाई हेर्न दृष्टिकोणमा सकारात्मक प्रभाव पर्ने र बीमाको दायरा फराकिलो बनाउनमा सहयोग गर्ने विश्वास कम्पनीको छ ।

१८ वर्षको उमेर समूहले रु. १ करोडको बीमाङ्कमा वार्षिक रु. १४ हजार ५५० वा मासिक रु १२०० मा नै जीवनको रक्षा गर्न सकिने कम्पनीले जनाएको छ । १८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षा गर्न सकिने अवधारणालाई आत्मसात् गरी सम्भवतः नेपालको बीमा बजारमा सबैभन्दा न्यून बीमा शुल्कमा यो जीवन बीमा सञ्चालनमा ल्याइएको कम्पनीले दाबी गरेको छ ।

सूर्या सुरक्षा कवज न्यूनतम १ लाखदेखि आय स्रोतको आधारमा जति पनि गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जोखिम बहनका साथै अतिरिक्त किरिया खर्चसहितको सुविधा भएको यो योजनालाई अन्य योजनाहरुसँग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिनेछ । १ देखि ३० वर्षसम्म बीमा अवधि भएको, यो जीवन बीमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वा वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमा शुल्क रकम बुझाउन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?