+
+

श्रीलङ्काद्वारा रुस र युक्रेनका पर्यटकको भिसा अवधि थप

रासस/सिन्ह्वा रासस/सिन्ह्वा
२०७८ फागुन १७ गते १५:२३

१७ फागुन, काठमाडौं । श्रीलङ्काले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरूको भिसाको म्याद थप्ने निर्णय गरेको छ । उनीहरू अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरूको भिसाको अवधि दुई महिना थप गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिले रुस र युक्रेनबीच युद्ध जारी छ । युद्धका कारण युक्रेनमा रहेकाहरू पनि सकेसम्म अन्य देशतर्फ जाने गरेका छन् ।

सरकारी अधिकारीहरूका अनुसार श्रीलङ्कामा अहिले रुस र युक्रेनका कुल १५ हजारभन्दा बढी पर्यटकहरू रहेको जनाएका छन् । तीमध्ये ११ हजार ४६३ जना रुसका पर्यटक रहेका छन् भने तीन हजार ९९३ जना युक्रेनका छन् ।

श्रीलङ्काको पर्यटन मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले सोमबार बेलुका पारित गरेको अधिकारीहरूले जनाएका छन् । सरकारको निर्णयबाट लाभान्वित हुने रुस र युक्रेनका पर्यटकले खुसी पनि व्यक्त गरेको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?