+
+

प्रदर्शनमा घाइते डाँगीलाई थप उपचारका लागि काठमाडौं पठाइयो

वीरेन्द्रनगरमा प्रदर्शनकारीको ढुंगा प्रहारबाट घाइते भएका एक जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १६:०२

१७ फागुन, सुर्खेत। वीरेन्द्रनगरमा प्रदर्शनकारीको ढुंगा प्रहारबाट घाइते भएका एक जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्धको आन्दोलनका क्रममा सोमवार प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट घाइते भएका होटल व्यवसायी ३८ बर्षीया रणबहादुर डाँगीलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

डाँगीलाई वीरेन्द्रनगरको देउती अस्पतालमा उपचार हुन नसकेपछि प्रदेश अस्पतालमा रेफर गरिएको थियो । प्रदेश अस्पतालले नेपालगन्ज मेडिकल कलेज रिफर गरेको थियो । त्यहाँ पनि सम्भव नभएपछि अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौमा रिफर गरिएको उनकी पत्नी तुल्सा डाँगीले जानकारी दिइन् ।

पत्नी तुल्साका अनुसार डाँगीको अहिले सल्यक्रिया हुने तयारी भइरहेको छ । उनको टाउकोमा गहिरो चोट लागेको छ । एमसीसीको विरोधमा सोमबार भएको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमबार बेलुका सवा ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू जारी गरेको छ । कर्फ्यूपछि वीरेन्द्रनगर बजार सुनसान बनेको छ ।

मंगलबार बिहान मात्रै वीरेन्द्रनगरस्थित यरीचोकमा केही मानिसले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । पसल बन्द गराउन गएको प्रहरी टोलीसँग उनीहरूले प्रतिवाद गरेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार त्यसक्रममा सामान्य झडप समेत भएको थियो । प्रहरीले आज मात्रै पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्याल सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार सोमबारेदखि अहिलेसम्म प्रदर्शनमा उत्रिएका २४ जना प्रहरी नियन्त्रणमा छन् । सोमबारको प्रदर्शनका क्रममा दुई जना सर्वसाधारण घाइते भएको र उनिहरुको उपचार भइरहेको छ ।

केही प्रहरी पनि घाईते भएका छन् । घाइतेमध्ये १२ जना प्रहरी सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?