+

सैनामैनामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

२०७८ फागुन  १८ गते १२:०२ २०७८ फागुन १८ गते १२:०२
सैनामैनामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

१८ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा १६ सामुदायिक र १६ निजी विद्यालयका छात्रछात्राबीच ६ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत एथलेटिक्स, भलिबल, फुटबल, कबड्डी, क्रिकेट, तेक्वान्डो लगायतका खेलहरु हुने छन् ।

वडा नम्बर ७ देउवापारस्थित सरस्वती माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले उद्घाटन गरेका छन् ।

सो अवसरमा बोल्दै नगर प्रमुख कार्कीले खेलकुदलाई प्राथमिकतामा राखेर नगरपालिकाले चालु आर्थिक वर्षको वजेटमा विभिन्न खेलकुद प्रतियोगिता आयोजनाका लागि ४५ लाख रुपैयाँ तथा खेल पुर्वाधार निर्माणका लागि ९० लाख रुपैयाँ बजेट छुट्टयाएको बताए ।

नगरभित्र ४५ लाख रुपैयाँ लागतमा खुल्ला जिम, खेल मैदान स्तरोन्नतिका लागि ३० लाख र बास्केट बल कोर्ट बनाउन १५ लाख रुपैयाँ छुट्टयाएको बताए ।

स्थानीयस्तरमा रहेका खेल प्रतिभालाई उजागर र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित रनिङ शिल्ड प्रतियोगिता फागुन २१ गतेसम्म सञ्चालन हुने नगर खेलकुद विकास समितिका अध्यक्ष अमर लम्सालले बताए ।

उद्‌घाटनका अवसरमा २२ विद्यालयले मार्चपाससमेत गरेका छन् ।

सैनामैना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय