+
+

‘आईएमई पे’बाट यती एयरलाइन्सको टिकट काट्दा निःशुल्क टिकट पाउने मौका

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १९:४९

काठमाडौं । आईएमईपेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । यो आफर १२ फागुनदेखि कार्यान्वयनमा आउने छ ।

दुई महिनासम्म  यती एयरलाइन्सको हवाई उडान टिकट आईएमई पे एपमार्फत खरिद गर्दा निःशुल्क टिकट प्राप्त गर्न सकिने छ । निःशुल्क टिकट पाउने भाग्यशाली व्यक्तिको छनोट  लक्की ड्र मार्फत गरिने छ । त्यस्ता व्यक्तिहरुले नेपालका विभिन्न सुन्दर गन्तव्यहरूमा निःशुल्क उडान टिकट पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यात्रुहरूलाई सुलभ एवम् सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ आईएमईपे र यती एयरलाइन्सवीच यो समझदारी बनेको हो ।

निःशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्वपूर्ण स्थानहरू रहेका छन् । यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

आईएमईपे मोबाइल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुले मात्र सो अफरमा सहभागी हुन पाउने छन् ।

सो अफर सीमित अवधिको लागि मात्र चल्ने छ । अफर अवधि भरी ४ जना भाग्यशाली बिजेताहरु छानिने छन्, जस मध्ये हरेक बिजेताले दुई जनाका लागि प्रस्थान र आगमनको टिकट जित्नेछन् । भाग्यशाली बिजेताहरुले उल्लेखित गन्तव्य मध्ये एउटा रोज्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?