+
+

युक्रेनमाथि रुसी आक्रमणको नेपाली कलाकर्मीले गरे विरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १८:२७
तस्वीर : अमेरिकी राजदूतावासबाट

१९ फागुन, काठमाडौं । नेपाली संगीतकर्मी, अभिनेता र लेखकहरुले युक्रेनविरुद्ध रुसी आक्रमणप्रति विरोध जनाएका छन् । अमेरिकी राजदूतावासको आयोजनामा बिहीबारदेखि सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको ‘काठमाडौं ट्रिएनाले २०७७’मा उनीहरुले रुसी आक्रमणको विरोध गर्दै युक्रेनको पक्षमा ऐक्यबद्धता जनाए ।

उक्त ग्यालरीमा युद्ध विभिषिका, संस्कृति, प्राकृतिक सौन्दर्य र मानवीय सभ्यताका आयाम झल्काउने तस्वीर प्रदर्शन गरिएको छ । प्रदर्शनी उद्घाटन समारोहमा बोल्दै संस्कृति, पर्यटन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले परिवर्तनलाई संस्थागत गर्न कलाको भूमिका महत्वपूर्ण हुने बताए ।

अमेरिकी दूतावासका मिसन उपप्रमुख मिकल्लेरले लोकतन्त्र गम्भीर खतरामा पुगेको बताउँदै यसलाई जोगाउन लेखक, अभिनेता र संगीतकर्मीको भूमिका महत्वपूर्ण हुने बताए ।

उक्त अवसरमा नेपालसहित अन्य केही मुलुकका तस्वीर पनि प्रदर्शनमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?