+
+

कार्यव्यवस्थाको बैठकमा प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १२:३३

२२ फागुन, काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित छ ।

नयाँ बानेश्वरस्थित शंकर हलमा जारी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समिति गठनबारे छलफल भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

जबराविरुद्ध सत्ता गठनबन्धनका सांसदहरुले फागुन १ गते संसदमा महाअभियोग दर्ता गरेका थिए ।

संसद सचिवालयले नै आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकका लागि आन्तरिक कार्यसूचीमा महाअभियोग सिफारिस समिति गठन गर्ने विषय राखेको थियो । सोही अनुसार कार्यव्यवस्था समितिका सदस्यहरुले धारणा राखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?