+
+

पोखरा–जोमसोम उडान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १४:१२

२२ फाुगन, काठमाडौं । पोखरा–जोमसोम रुटमा आइतबारदेखि नियमित उडान सुरु भएको छ ।
तारा एयरले यो रुटमा उडान सुरु गरेको हो । कोभिड-१९ को तेस्रो लहर सुरु भएपछि गत डिसेम्बरदेखि यो रुटमा उडान बन्द भएको थियो ।

आइतबार मात्र कुल ५ वटा उडान भएको तारा एयरले जनाएको छ । यसमा भारतीय नागरिक र केही विदेशी यात्रु बढी उडेको समेत कम्पनीको भनाइ छ । यो रुटमा ताराले दैनिक उडान गर्ने भएको छ । खासगरी मुक्तिनाथ जाने यात्रु यो रुटमा हुने उडानबाट लाभान्वित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?