+
+

मनिषाले कालापत्थरबाट महिला हिंसाविरुद्धको सन्देश दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १३:२५
अभिनेत्री मनिषा कोइराला र अधिकारकर्मी बन्दना राणा

२३ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस मनाउन अभिनेत्री मनिषा कोइराला सगरमाथा आधार शिविरको कालापत्थरतर्फ प्रस्थान गरेकी छन् । त्यहाँबाट उनले जलवायु परिवर्तन र महिला हिंसाविरुद्ध सम्बोधन गर्ने कार्यक्रम छ ।

अधिकारकर्मी बन्दना राणासँगै सोमबार बिहान लुक्ला पुगेकी मनिषा कालापत्थर पुग्ने जनाइएको छ । ‘साथसाथै’ अभियानले कालापत्थरमा आयोजना गरेको अभियानमा भाग लिन मनिषासहित ४० जनाको महिला टोली कालापत्थर हिंडेको हो ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधान पनि उक्त समूहमा छिन् । ‘संसारकै उच्च स्थानबाट जलवायु परिवर्तनले महिलामा पार्ने असर, महिला हिंसाविरुद्ध र सबै संयन्त्रमा महिला सहभागिताको सन्देश दिन मनिषाले सम्बोधन गर्ने कार्यक्रम छ,’ अधिकारकर्मी बन्दना राणाले अनलाइनखबरलाई जानकारी दिइन् । मनिषाले सामाजिक सञ्जालमार्फत महिला हिंसाविरुद्ध एकजुट भएर कदम चाल्ने बताएकी छन् ।

कालापत्थरबाट फर्किएपछि मुम्बई प्रस्थान गर्ने तयारीमा रहेकी मनिषा नेटफ्ल्क्सिको लागि सञ्जय लीला भन्सालीले निर्देशन गर्न लागेको फिल्म ‘हीरामण्डी’मा काम गर्न गइरहेकी छन् । मुम्बई पुगेर उनी उक्त फिल्मको छायांकनमा व्यस्त हुनेछिन् । फिल्ममा आलिया भट्टको प्रमुख भूमिका हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?