+
+

संसदीय समितिले भन्यो : नोबेलका १० विद्यार्थीलाई पढ्ने वातावरण बनाऊ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १४:१०

२३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विराटनगरको नोबेलमेडिकल कलेजका आन्दोलनरत १० विद्यार्थीलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाईनिर्देशन दिएको छ ।

सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आगामी एकहप्ताभित्र विद्यार्थीहरुको समस्या समाधान गरेर उनीहरुलाई पढ्नसक्ने वातावरण बनाउन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो ।

समितिको निर्देशन सुनाउँदै सभापति जयपुरी घर्तीले आगामी तीन महिना कलेजलेअतिरिक्त कक्षा सञ्चालन गरेर भएपनि विद्यार्थीहरुको कोर्स पूरा गरिदिनुपर्ने बताइन्। उनले विद्यार्थीहरु पढ्न छोडेर अनसन बस्ने हदसम्म कलेजले पु¥याएको भन्दै तत्कालसमस्या समाधान गरेर विद्यार्थीहरुलाई पढ्ने वातावरण बनाउन निर्देशन पनि दिइन् ।

नोबेल मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमाआन्दोलनमा उत्रिएकामध्ये १० जना विद्यार्थीले नोबेलमै पढ्न आफूहरुलाई सुरक्षाखतरा रहेको भन्दै अर्को कलेजमा स्थानान्तरणको माग गरेका थिए ।

तर माग पूरानभएपछि उनीहरु काठमाडौंको माइतीघरमा आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?