+
+

दोसो अभ्यास खेलमा पनि नेपाल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १८:२३

२४ फागुन, काठमाडौं । नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा पनि श्रीलंका नेभीविरुद्ध सहज जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले श्रीलंका नेभीलाई ८१ रनले पराजित गरेको हो ।

नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ३०.५ ओभरमा ११५ रनमा अलआउट भयो । नेपालका पवन सर्राफले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.४ ओभरमा सबै विकेट गुमाएर १९६ रन मात्र बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले भने उत्कृष्ट ब्याटिङ गरे । दीपेन्द्रले सर्वाधिक ६३ रन जोडे । यस्तै भिम शार्कीले २८, विवेक यादबले २६ र पवन सर्राफले २२ रन बनाए ।

यसअघि सोमबार भएको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई १११ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?