+
+

कांग्रेस धनुषाको सभापति पदमा पुनः निर्वाचन हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १०:२०
योगनारायण पञ्जियार (वायाँ) र सन्तोष यादव

२५ फागुन, जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापति पदका लागि पुनः निर्वाचन हुने भएको छ ।

सोमबार भएको निर्वाचनको मतगणनाबाट कुनै पनि उम्मेदबारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।

धनुषा कांग्रेस सभापति पदका लागि योगनारायण पञ्जियार, सन्तोष यादव र दिनेश प्रसैलाले प्रतिस्पर्धा गरेका थिए । सोमबार भएको निर्वाचनबाट पञ्जियारले सबैभन्दा बढी १ हजार २४८ मत ल्याए । सन्तोष यादवले ८८२ र दिनेश प्रसैलाले ६३० मत ल्याए ।

कांग्रेसको विधान अनुसार कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण अब बढी मत ल्याउने दुई जना (पञ्जियार र यादव)बीच फेरि प्रतिस्पर्धा हुने छ ।

सभापति पदका लागि बिहीबार बिहान ८ बजेदेखि पुनः निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

सन्तोष संस्थापन पक्षका पंजियार बिमलेन्द्र निधि पक्षका र चुनावी दौडबाट बाहिरिएका प्रसैला डा. शेखर कोइराला पक्षका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?