+
+

‘परदेशी २’को फस्टलुक सार्वजनिक, फिल्म दशैंमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते ११:५०

२५ फागुन, काठमाडौं । गायक प्रकाश सपूतले अभिनय गरेको पहिलो फिल्म ‘परदेशी २’ आगामी दशैंमा रिलिज हुने भएको छ । निर्माण पक्षले बुधबार फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै दशैंमा फिल्म रिलिज गर्ने घोषणा गरेको हो ।

नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले यो फिल्मलाई निर्माण गरेका हुन् । फिल्मका निर्देशक रायमाझी हुन् । फस्टलुक पोस्टरमा फिल्मका मुख्य कलाकार प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा सिवाकोटीलाई देखाइएको छ ।

‘परदेशीले चाडपर्वमा आफ्नो गाउँ, परिवारलाई अझ बढी सम्झन्छन् । र, यो चलचित्र परदेशीकै कथा–व्यथा भएकाले प्रदर्शनका लागि दशैंलाई रोज्नुपरेको हो,’ निर्माता राजेश वंशलले भने ।

रमेश बीजीको कथा रहेको फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

‘गोर्खापल्टन’ र ‘परदेशी’पछि नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा ‘परदेशी २’ निर्माण भएको हो ।

‘विगतका चलचित्रमा देखिएका तर दर्शकको मायाले छोपिएका प्राविधिक, सांगीतिक लगायतका कमीकमजोरीलाई समेत यो चलचित्रमा मसिनोगरी केलाउन पाएका छौं,’ निर्देशक रायमाझीले भने, ‘त्यसैले विगतका दुई चलचित्रहरुको दाँजोमा ‘परदेशी २’ अझ राम्रो र नेपाली दर्शकले आत्मसाथ गर्ने चलचित्र बनेको छ ।’

फिल्ममा बीबी अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । सुदीप कुँवरको सहनिर्देशन रहेको यो फिल्ममा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?