तस्वीर : सन्तोषकुमार गुप्ता								
											२५ फागुन, दाङ । दाङमा सवारी दुर्घटनापछि फरार रहेका कार चालकको पक्राउको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन् ।
लमही नगरपालिका- ३ वनगाउँ स्थित मगलबार राति १० बजे कार र मोटरसाइकल एक आपसमा ठाेक्किँदा राप्ती गाउँपालिका १ भालुवाङका करिब ३० वर्षका माेटरसाइकल चालक नरेन्द्र जिसीको मृत्यु भएको थियो ।
दुर्घटनापछि फरार रहेका कार चालकलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्त बिहानैदेखि भालुवाङ बजारमा सडक अवरुद्ध गरेका छन् ।
मृतकका आफन्तले फरार रहेका कार चालकलाई पक्राउ गरी कार्बाही गर्नुपर्ने माग राखेका छन् । प्रहरीले भने फरार चालकको खोजी कार्य तीव्र पारिएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4