+
+

सबै डाक्टरको दरबन्दी संघमै राख्न प्रधानमन्त्रीसँग माग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते २०:५५

२५ फागुन, काठमाडौं । नेपाल चिकित्सक संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाएको छ ।

चिकित्सकहरुको सेवा–सुविधा तथा स्तरवृद्धि लगायतका बिषयलाई समेट्दै संघका पदाधिकारीहरुले बुधबार ज्ञापन पत्र बुझाएका हुन् ।

संघीय संरचना अनुसार स्थानीय तहमा कार्यरत चिकित्सकहरु जीवनभर नै सोही निकायमा मात्र कार्यरत रहनुपर्ने भएकाले चिकित्सकहरुको क्षमता तथा वृत्तिविकासमा बाधा पुगेको संघले बताएको छ । त्यसैले चिकित्सकलाई संघ अन्तर्गत नै राखेर स्थानीय तथा प्रदेश तहमा परिचालन गर्न उनीहरुले माग राखेका छन् ।

त्यसैगरी, मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरुलाई कार्यक्षेत्र खटिनुपूर्व स्वास्थ्य दुर्घटना बिमा तथा दीर्घकालीन रोगको सम्बन्धी बीमा अनिवार्य गर्न संघले अपिल गरेको छ ।

‘नेपालका चिकित्सकहरुलाई अन्य देशका चिकित्सकहरुको दाँजोमा राज्यको तर्फबाट भूमिका कमी भएको महसुस गरेका छौं । जसका कारण युवा चिकित्सकहरु विदेश पलायन हुन बाध्य भएका छन्,’ संघका महासचिव डा. बद्रि रिजालले भने ।

संघले युवा चिकित्सकको पलायन रोक्न जनसंख्याको अनुपातमा सरकारी दरबन्दी थप गर्न पनि माग गरेको छ ।

त्यसैगरी, स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले हुनाले चिकित्सकको सामूहिक बढुवा, सरुवा वृत्तिविकास तथा पदस्थापनलाई व्यवस्थित र वैज्ञानिकीकरण गर्नका निम्ति चिकित्सा सेवा आयोग गठन गरी कार्यान्वयनमा लैजानुपर्ने उनीहरुको सुझाव छ ।

हेर्नुहोस् ज्ञापनपत्रको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?