+
+

गठबन्धन नगरे कांग्रेसलाई नै घाटा हुन सक्छ : उपमहासचिव तुलाधर

'दोस्रो तहका नेताहरु उत्ताउलो कुरा गरिरहेका छन्'

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १४:३५

२६ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले नेपाली कांग्रेसको दोस्रो पंक्तिका नेताहरुले गठबन्धन गर्नुहुन्न भनेर उत्ताउलो कुरा गरेको टिप्पणी गरेका छन् ।

बिहीबार पार्टीको केन्द्रीय समितिको बैठकमा उनले कांग्रेसको शीर्ष नेतृत्व गठबन्धनप्रति सकारात्मक भए पनि दोस्रो पंक्तिका नेताहरुले उत्ताउलो कुरा गर्ने गरेको टिप्पणी कांग्रेसभित्रै भइरहेको बताए ।

‘शीर्ष नेतृत्वले एउटा कुराकानी गर्ने, दोस्रो पंक्तिका केही नेताले उत्ताउलो बोल्ने जुन गरिरहनुभएको छ । त्यो सस्तो लोकप्रियताका लागि मात्र हो भन्ने कुरा उहाँहरुकै नेताहरुले भन्नुहुन्छ’ उपमहासचिव तुलाधरले भने ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन नगरे कांग्रेसलाई नै घाटा हुने उनले दावी गरे ।

‘गठबन्धनमा आवद्ध दलमध्ये कांग्रेस प्रमुख दल हो । कांग्रेसको इच्छा भएन भने कांग्रेसबाहेकका दलको गठबन्धन बन्न सक्छ त्यो कुरा संस्थागत रुपमा कांग्रेसका लागि घाटा हुन सक्छ’ उपमहासचिव तुलाधरले भने ।

पार्टीको बैठकमा समूहगत छलफल हुँदा धेरै नेताहरुले गठबन्धनलाई स्थानीय निर्वाचनमा मात्र नभई प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म लैजानुपर्ने धारणा राखेका उनले बताए ।

‘गठबन्धन हाम्रो मात्र कारणले बनेको होइन । गठबन्धनको आवश्यकता हामीलाई मात्र होइन, पाँचै दललाई छ’ बैठकमा नेताहरुको भनाइ उधृत गर्दै उनले सञ्चारकर्मीहरुसँग भने, ‘हामीले अन्तिमसम्म प्रयत्न गनुपर्छ स्थानीय मात्र होइन प्रदेश र संघको चुनावमा गठबन्धन बनाउन हदैसम्म लचकता अपनाएर कोशिस गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?