+
+

आफूमाथि धरपकड हुनसक्ने भन्दै सिरोहिया सर्वोच्चमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १८:५७

२४ वैशाख, काठमाडौं । आफूमाथि हुने सम्भावित धरपकड रोक्न माग गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।

आफ्नो नागरिकता छानविनका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको र त्यसक्रममा धरपकड हुनसक्ने भन्दै उनले त्यसलाई रोक्न अन्तरिम आदेशको माग गरेका हुन् ।

आफूले सञ्चालन गरेको सञ्चारमाध्यमको सामग्रीका कारण आफूमाथि प्रतिशोध साध्न खोजिएको र नागरिकताको बहानामा आफूलाई पक्राउ गरी हतोस्साहित गर्न खोजिएको भन्दै उनले गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय, धनुषालाई विपक्षी बनाएका छन् ।

आईतबार दर्ता भएको रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाई हुने भनी पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?