 
																			ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच बीच ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार कामना सेवाका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदि सुविधा कामना सेवाको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन्।
उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवाका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरे ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकका २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
यसैगरि “प्रगतिको आधार कामना सेवा संग कारोबार”,भन्ने नाराका साथ सन् २०१७ मा स्थापित कामना सेवाले नेपालमा अग्रणी विकास बैंकको रूपमा आफ्नो परिचय बनाएको छ । बैंकले देशभर रहेका आफ्ना १२९ वटा शाखा कार्यलय, १ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रवाह गर्दै आएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4