+
+

काठमाडौंभन्दा मोरङ र झापामा बढी मतदाता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १६:४१

२७ फागुन, काठमाडौं । वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मोरङ, झापा र काठमाडौं सबैभन्दा बढी मतदाता भएका जिल्ला हुन् ।

निर्वाचन आयोगका अनुसार मोरङमा ७ लाख १७ हजार ६७ जना मतदाता रहेका छन् । मोरङपछि झापामा ६ लाख ५० हजार २५८ र काठमाडौंमा ६ लाख ४० हजार ५८ जना मतदाता रहेका छन् ।

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गरेको छ । र सोही विवरण शुक्रबार विभिन्न राजनीतिक दलका नेताहरूसँगको छलफलमा आयोगले प्रस्तुत गरेको छ ।

प्रस्तुत विवरणले मोरङ र झापामा काठमाडौंमा भन्दा बढी मतदाता रहेको देखाएको हो ।

स्थानीय तह केन्द्रीत मतदाताको संख्याको हिसावले भने काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं महागरपालिकामा ३ लाख ६८७ मतदाता रहेका छन् ।

काठमाडौंपछि कास्कीको पोखरा महागरपालिकामा २ लाख ८ हजार ७० मतदाता रहेका छन् । पोखरापछि सबैभन्दा धेरै मतदाता रहेको पालिका हो, चितवनको भरतपुर महानगरपालिका । भरतपुर महानगरपालिकामा १ लाख ८६ हजार ६६९ मतदाता रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?