+
+

अझै पुनर्निर्माणकै चरणमा राजधानीका सम्पदा (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १९:३२

२८ फागुन, काठमाडौं । विनाशकारी भूकम्पमा परी राजधानी काठमाडौं उपत्यकाका सम्पदा भत्किएको ७ वर्ष पूरा हुन लागिसक्यो । भूकम्पमा भत्किएका संरचना पुनर्निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पनि पुनर्निर्माणका धेरैजसो काम सकियो भनेर खारेज भइसक्यो ।

तर राजधानीको सम्पदा पुनर्निर्माण अझै सकिएको छैन । ललितपुरको थेँचो, बुङ्मती, पाटन, काठमाडौंको वसन्तपुर, जैसीदेवल, भक्तपुरको दरवार परिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटी पौवा पुनर्निर्माणको काम भइरहेको छ ।

सम्पदा पुनर्निर्माणमा ऐतिहासिक एवं पूरातात्विक स्वरुप र महत्व घट्न नदिनु चुनौतीपूर्ण छ । पुराना पुस्ता बितेसँगै सम्पदा पुनर्निर्माणमा सघाउने कालिगढको समेत अभाव हुन थालेको निर्माणमा संलग्नहरु बताउँछन् ।

परम्परागत प्रविधि र सीपको हस्तान्तरण र पुस्तान्तरण नहँुदा र मठ मन्दिरमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरण संग्रह नगरिनुले पनि सम्पदा निर्माणमा समस्या परेको छ ।
हेर्नुहोस् काठमाडौं उपत्यकामा भइरहेको सम्पदा निर्माणको तस्वीर ।

तस्वीर सौजन्य : न्यूज एजेन्सी नेपाल

भक्तपुरको यक्षश्वर महादेव मन्दिर ।
फसिदेग शिलु महादेव भक्तपुर ।
बंशीगोपाल भजन भक्तपुर
ब्रम्हायणी मन्दिर थेंचो ।
ब्रम्हायणी मन्दिर (थेचो ललितपुर)
हनुमान ढोका काठमाडौ|
जैशीदेवल काठमाडौं ।
लक्ष्मीनरसि मन्दिर, भक्तपुर ।
माजु देवल, पाटन ।
भक्तपुरको पशुपतिनाथ मन्दिर ।
तलेजुभवानी र जगन्नाथ मन्दिर, काठमाडौं ।
बसन्तपुर दरबार, काठमाडौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?