+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

एमालेसँग तत्काल सहकार्य हुन सक्दैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १७:४५

२९ फागुन, बिराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।

बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो विचार, एजेण्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्न कोशिश गर्ने बताए । उनले भने, ‘गठबन्धन पहिलो कुरा होइन । आफ्नै खुटमा उभिने हो, आफ्नै जनआधार सुदृढ गर्ने हो ।’ चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरु र लेनदेन गर्न सहज हुनेहरुबीच गठबन्धन पनि हुनसक्ने उनले बताए ।

आगामी चुनाव परिवर्तनलाई संस्थागत गर्ने र उल्ट्याउन खोज्नेहरुको प्रतिस्पर्धा हुने भन्दै प्रचण्डले भने, ‘गठबन्धनका पार्टीहरुबीच तालमेल होस् भन्ने हाम्रो जोड हुन्छ ।’

कांग्रेसले राम्रो अफर गरेन भने एमालेसँग सहकार्य हुनसक्छ भन्ने प्रश्नमा उनले भने, ‘तत्काल एमालेसँग सहकार्यको सम्भावना कहीं कतै देखिएको छैन । राष्ट्रिय स्वाधिनतासँग विषयमा एमालेसँग समझदारी हुनसक्छ कि भनेर केपीसँग कुरा गर्न नगएको होइन । तर कहीं कतै हामीले एमालेमा सकारात्मक देखेनौं । एकदम नकारात्मक, अहंकार र निषेध बाहेक केही छैन । त्यसकारण अहिले एमालेको केपी गुटसँग तत्काल कुनै सहकार्य हुन सक्दैन ।’

अघि भने, ‘कांग्रेससँग कति होला, कति नहोला आफ्नो ठाउँमा छ । हाम्रो जोड चाहिं मुद्दा मिल्नेहरुसँग मिलेर जाने, नभए आफ्नै खुट्टामा टेकेर अगाडि बढ्ने हुन्छ ।’

एमालेको नेतृत्वको चर्को आलोचना गरेका प्रचण्डले अहिले पनि संसद चल्न नदिएर आफैंले गरेको विघटन जायज नै थियो भन्ने देखाउन खोजेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?