+
+

आसाममा बालक हत्या आरोपित जिउँदै जलाइए

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १८:४४

२९ फागुन, काठमाडौं । भारतको आसाममा ५ वर्षीय बालकको हत्या गरेको आरोपमा आक्रोशित भीडले एक व्यक्तिलाई जिउँदै जलाएको छ ।

शनिबार डिब्रुगढ सहरबाट २५ किलोमिटर टाढा रहेको ढोलजन चिया बगानमा हत्या आरोपी व्यक्तिको जलाएर हत्या भएको हो ।

घटनाको पुष्टि गर्दै डिब्रुगढ जिल्लाका प्रहरी अधिकृत श्वेतांक मिश्रले घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र घटनाबारे अनुसन्धान सुरु भइसकेको बताए ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार ५ वर्षीय उज्ज्वल मुरा हत्याको आरोपमा सुनित तन्ती जलाइएका हुन् । सुनीतके घरमा बालक उज्वल अन्य बालबालिकासँग खेलिरहेका थिए ।

सोही क्रममा एक्कासी आक्रोशित बनेका तन्तीले उज्ज्वललाई चक्कु प्रहार गरेका थिए । घटनाबारे जानकारी पाउनासाथ चिया बगानका मानिसहरू घटनास्थल पुगेका थिए । आक्रोशित भीडले बालकको हत्यामा संलग्न आरोपी ती व्यक्तिलाई करिब आधा किलोमिटरसम्म लखेट्दै जिउँदै जलाएका थिए ।

यो घटनापछि ढोलजन चिया बगान क्षेत्र आतंकित बनेको छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । तर हालसम्म यो घटनामा संलग्न व्यक्तिलाई भने प्रहरीले पक्राउ गरेका छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?