+
+

रुस र युक्रेनबीच आज पुन: वार्ता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १२:०६

३० फागुन, काठमाडौं । रुस र युक्रेनले सोमबार नयाँ चरणको वार्ता गर्ने भएका छन् । दुवै पक्षबीच आज भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने अधिकारीहरूले बताएका हुन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार एवं वार्ता टोलीका सदस्य मिखाइलो पोडोलियाकले ट्विटर गर्दै रुस र युक्रेनबीच भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने जानकारी गराएका हुन् ।

‘भिडियो कन्फेरेन्समार्फत् वार्ता जारी रहने छ’ पोडोलियाकले आइतबारको ट्विटमा लेखेका छन्, ‘मार्च १४ अर्थात् सोमबार वार्तासम्बन्धी सत्र बसेर प्रारम्भिक नतिजाको निष्कर्ष निकालिने छ ।’

पोडोलियाकको ट्विटले पुन: वार्ता हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभको भनाइलाई समेत पुष्टि गरेको छ । यसअघि रुसी समाचार माध्यमले पेस्कोभलाई उदृत गर्दै सोमबार पुन: वार्ता सुरु हुने जनाएका थिए ।

रुसी र युक्रेनी सेनाबीच १९ दिनदेखि लडाइँ जारी छ । उक्त लडाइँ अन्त्य गर्ने प्रयास स्वरुप यसअघि भएका वार्तामा प्रगति भएको दुवै पक्षले दाबी गरेका छन् । सोही दाबीबीच पछिल्लो चरणको वार्ता हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?