+
+

युक्रेनमा रुसी हमलापछि ताइवानका ‘रिजर्भ सैनिक’लाई तालिम

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १८:२७

३० फागुन, काठमाडौं । रुसले युक्रेनमा हमला गरेपछि ताइवानका ‘रिजर्भ सैनिक’ले सैन्य तालिम लिन थालेका छन् ।

चीनले हमला गर्न सक्ने खतराबीच ताइवानका रिजर्भ सैनिकलाई तालिम दिन थालिएको हो । सोमबार सैयौं रिजर्भ सैनिक अभ्यास तालिममा सहभागी भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । ताइवानकी राष्ट्रपति साइ इङ वेनले ‘एकताबद्ध’ भएर मुलुकको रक्षा गर्न आव्हान गरेलगत्तै रिजर्भ सैनिकले तालिम लिन थालेका हुन् ।

ताइवानले चीनसँग तनाव बढ्दै गएपछि गत वर्षदेखि नै आफ्ना रिजर्भ सैनिकलाई तालिम दिन सुरु गरेको थियो । युद्धको पूर्वतयारी बढाउन भन्दै सोमबार भएको तालिममा झण्डै ४०० जना सहभागी भएको समाचारमा उल्लेख छ । आजको तालिममा सहभागीले यसै महिनाको सुरुमा राजधानी ताइपेईस्थित एक समुन्द्री किनारा (बीच) को सुरक्षाका लागि प्रतिकात्मक सैन्य अभ्यास गरेका थिए ।

रुसले युक्रेनमा हमला गरेपछि चीनले समेत त्यस्तै गर्ने हो कि भनेर ताइवान सजग बनेको छ । यही भएर शनिबार रिजर्भ सैनिकसामू देखा परेकी वेनले टापूको रक्षाका लागि सबै एक जुट हुनुपर्ने बताएकी थिइन् ।

‘युक्रेनको पछिल्लो अवस्थाले मुलुकको रक्षा गर्ने कुरा अन्तर्राष्ट्रिय ऐक्यबद्धता एवं सहायताबाहेक जनताबीचको एकतामा निर्भर हुन्छ भनेर पुन: प्रमाणित गरेको छ’, सैनिक पोशाकमा देखिएकी वेनले भनेकी थिइन् ।

चीनले ताइवानलाई आफ्नो अभिन्न भूमि ठान्छ । तर सन् २०१६ मा सत्तामा आएकी वेनले चीनको उक्त धारणालाई कडा शब्दमा अस्वीकार गर्दै आएकी छन् । यही कारण पछिल्लो समय दुवै पक्षबीच तनाव चर्किन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?