+
+

ऋचाको ‘कौसीद’ जेठ २७ मा रिलिज हुने, पोस्टर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते ११:२०

१ चैत, काठमाडौं । अभिनेत्री ऋचा शर्मा स्टारर फिल्म ‘कौसीद’ले अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । फिल्मको निर्माण पक्षले आगामी जेठ २७ (जुन १०)लाई प्रदर्शन मिति तोकेको छ ।

पोस्टरमा ऋचा पैसालाई अँगालेको चरित्रमा प्रस्तुत छिन् । पोस्टरअनुसार कथावस्तु पैसाकै वरपर केन्द्रित रहेको बुझ्न सकिन्छ ।

कुमार भास्कर निर्देशित फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतको अभिनय छ ।

फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सहनिर्मातामा लक्ष्मण बानियाँ छन् । नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले फिल्मको कथा लेखन गरेका छन् । निशाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डी गुरुङ र भीम विश्वकर्माको सम्पादन छ । बड पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो ।

कोरोना महामारीबीचमै ऋचाले फिल्म निर्माण घोषणा गरेकी थिइन् । आरआर फिल्म्सले वितरण अधिकार लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?