+
+

नागरिक बचत पत्रमा आवेदन आह्वान, १० प्रतिशत ब्याज पाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १३:४१

१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचत पत्र २०८३ ‘क’ निष्कासन सुरु गरेको छ । १० प्रतिशत ब्याज दिने ५ वर्षे नागरिक बचत पत्रमा मंगलबारदेखि आवेदन दिन सकिने राष्ट्र बैंकले बताएको छ ।

इच्छुक नेपाली नागरिकहरुले बचतपत्र खरिद गर्नका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने मिति ३० चैतसम्मका लागि तोकिएको छ । निष्कासन हुने रकम २ अर्ब रुपैयाँ रहेको छ भने यसमा वार्षिक १० प्रतिशत ब्याजदर दिने राष्ट्र बैंकले बताएको छ । ब्याज भुक्तानी ६/६ महिनामा हुने यस बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिन सकिनेछ ।

नेपाली नागरिकले मात्रै खरिद गर्न सक्ने यो बचतपत्र धितो राखी यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिनेछ । बचतपत्रको साँवा भुक्तानी भने ३० चैत्र २०८३ मा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?