+
+

नेपाल अमेरिका फिल्म फेस्टिभलमा नवीन सुब्बा र दयाहाङ राई सहभागी हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते २२:०१

काठमाडौं । नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राईले सहभागिता जनाउने भएका छन् । फेस्टिभलमा उनीहरुले सहकार्य गरेको फिल्म ‘गाउँ आएको बाटो’को ओपनिङ स्क्रिनिङ हुँदैछ ।

जुन २० देखि सुरु हुने फेस्टिभलको ओपनिङ फिल्मको रुपमा यो सोसल ड्रामा फिल्म तय छ । अमेरिकाब्यापी रिलिजको पूर्वसन्ध्यामा हुने रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागि हुन लागेका हुन् ।

आमोद राईले निर्माण गरेको फिल्ममा दयाहाङसहित पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ । गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा भन्छ ।

फेस्टिभल समापन फिल्मको रुपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ । भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भैसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् ।

मेरिल्याण्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङ हुनेछन् ।

महोत्सव उदघाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल-अमेरिका फिल्म सोसाइटीद्वारा जारी वक्तव्यमा उल्लेख छ । ४ दिनसम्म चल्ने महोत्सवका फिल्म भने एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा प्रदर्शन हुने उल्लेख छ ।

महोत्सव अवधिभर फिल्म र संस्कृति, महिला ‘प्यानल’मा छलफल, फिल्म निर्माणबारे मास्टरक्लास पनि संचालन हुने जनाइएको छ । मेरिल्याण्ड राज्यको ‘पाक्र्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ । सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?